खुशिको खबर-दमकमा यो पटकको परीक्षणको क्रममा ह्वात्तै घट्यो कोरोना संक्रमणदर
दमक/ झापाको दमकमा कोरोना संक्रमणदर घटेको पाईएको छ । पछिल्लो पटक ११९ जनाको कोरोना जाँचका लागि पिसिआर लिईएकोमा ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसमा स्वास्थ्यकर्मीहरु पनि रहेकाछन् ।
यसभन्दा अघि परिक्षण गरिएका करिब ७८ प्रतिशतसम्म पोजेटिभ देखिएकोमा पछिल्लो पटक गरिएको परिक्षणमा ३२ प्रतिशत पोजेटिभ देखिएको छ । दमकमा कोरोना संक्रमणदर यो पटक निक्कै कमी भएको पाईएको दमक नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
दमक नगरपालिकाले हप्तामा दूई पटक पिसिआर परिक्षण गर्दै आएको छ । सोमबार र विहिवार संक्रमणको आंशका गरिएकाहरुको निशुल्क पिसिआर परिक्षण हुँदै आएको छ । नीजि अस्पतालहरुले एन्टिजेन जाँच गर्दै आएकाछन् ।
