२०८३ कार्तिक ६, शुक्रबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

दमक/ दमकको लाइफलाइन अस्पताल र प्रदेश सरकारबीच कोरोना संक्रमणका विरामीको उपचारका लागि कोभिड १९ केयर युनिट गर्ने बिषयमा सम्झौता भएको छ । यसले कोभिड संक्रमितहरुलाई अब उपचारमा सहज हुने जनाईएको छ । अब यहाँ भर्ना हुने विरामीहरुका लागि प्रदेश सरकारले उपचारका लागि निश्चित तोकिएको सहयोग उपलब्ध गराउने छ ।

प्रदेश १ सरकारको सामाजिक विकास मन्त्रालय र कोभिड उपचार युनिट सञ्चालनका लागि लाईफलाइन अस्पतालबीत दूई पक्षिय सम्झौता भएको हो । अस्पतालका मेडिकल डाइरेक्टर सूर्यनारायण शाहका अनुसार कोभिका विरामीहरुले बेड नपाएको खबरहरु आउन थालेपछि आफुहरुले दूईसाता अघिदेखि नै कोभिडका विरामीहरुलाई भर्ना लिएर उपचार गर्न शुरु गरिएको थियो ।

हामी सहुलियतपुर्ण रुपमा कोभिडका विरामीहरुलाई सेवा प्रदान गरिरहेका थियौ । अब प्रदेश सरकारको पनि यसमा साथ पाएका छौ । हामी सकेसम्म यहाँ भर्ना भएका सबै कोरोना संक्रमितहरुलाई निको बनाएर घर पठाउन हरसम्भव प्रयत्नमा रहन्छौ-डा.सुर्यनारायण शाह, मेडिकल डाइरेक्टर लाईफलाइन अस्पताल

डा.विजय भारती र डा. विकास सुवेदी सहितको दक्ष स्वास्थ्यकर्मीहरुको टोली २४ सै घण्टा खटिएको र गम्भिर अवस्थामा आएका विरामीहरु समेत निको भएर घर फर्किरहेको उनले जनाए । यहाँ सम्भव भएको सेवा दिनु हाम्रो कर्तब्य ठानेका छौ र सरकारसंग सम्झौता हुनु अगावै पनि हामी कोभिडका विरामीहरुलाई सकेसम्म सहुलियतमा सेवा दिइरहेका थियौ, डा.शाहले भने ।

यहाँबाट १५ जनाभन्दा बढि कोभिड संक्रमितहरु स्वास्थ्यलाभ गरेर घर फर्केको अस्पतालका कोभिड फोकल पर्सन डम्बर मोतले बताए । उनका अनुसार अस्पतालमा आएका कोभिडका विरामीहरुलाई बेड क्षमताले भ्याएसम्म सकेसम्म भर्ना लिने कार्य भइरहेको छ ।

लाइफलाइन अस्पताल दमकको पुरानो नीजि अस्पताल हो । यसले कोभिडका विरामीहरुका लागि २ वटा भेन्टिलेटर सहित आईसियु र एचडियु सेवा प्रदान गरिरहेको अस्पतालका अध्यक्ष मुक्तिनाथ भट्टराईले बताएकाछन् । आफुहरु यो बिपत्को घडिमा पनि विरामीहरुलाई सहज रुपमा सेवा दिन प्रयत्नशिल रहेको उनले बताए ।