होशियारी अपनाउ है ! झापाको दमकमा पनि विहानै देखि हावा चल्दै
दमक/ झापाको दमक सहित आसपासको क्षेत्रमा विहानैदेखि हावा चलिरहेको छ । आकाश धुम्मिएर हल्का पानी पनि छिट्टयाईरहेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तीन दिन होशियारी अपनाउन आग्रह गरिसकेको छ ।
पश्चिम बङ्गालको खाडीमा विकसित भएको चक्रवात ‘यास’का कारण आज जेठ १३ गतेदेखि १५ गतेसम्म देशका धेरैजसो भागमा पानी पर्ने सम्भावना रहेको उल्लेख गर्दै प्राधिकरणले नागरिकलाई विशेष ध्यान दिन र आवश्यक तयारीमा रहन सरोकारवाला निकायलाई अनुरोध गरेको हो ।
दमक सहित झापामा सामान्य बर्ष सहित हावाहुरी देखिन थालेको हो । देशभर नै हरेक जिल्लामा सुरक्षा निकाय, विपद् व्यवस्थापनमा संलग्न अधिकारी तथा गैरसरकारी निकाय र विषयगत क्षेत्रलाई तयारी अवस्थामा राख्न पनि प्राधिकरणले आग्रह गरेको छ ।
