दमकका एक कोरोना संक्रमितको आईसियू बेड नपाई मृत्यु
दमक/ दमकका एक कोरोना संक्रमतिको आईसियू बेड नपाई मृत्यु भएको छ । दमक अस्पतालमा उपचाररत रहेका ति बृद्धका आफन्तले दिनभर आईसियु बेड खोजेका थिए । दमकका कुनै पनि अस्पताल र बाहिर अस्पतालमा समेत आईसियु बेड पाएनन् ।
मृतक दमक ५ का ७५ बर्षिय पुरुष हुन । उनको आज बिहान २ बजे दमक २ स्थित कोभिड उपचार केन्द्रमा उपचारका क्रममा मृत्यु भएको हो । उनका आफन्तले दमकका सबै अस्पतालहरुमा बेलुका अबेरसम्म आईसियु बेड खोजेका थिए ।
