२०७८ असार ३, बिहिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ३ हप्ता अगाडि

मैले जे देखे त्यहि लेखे

विष्णुप्रसाद पोखरेल

दमक/ अर्थमन्त्री विष्णु पौड्यालले आज बजेट भाषणमा ल्याएका कार्यक्रमहरु जनप्रीय रहेकाछन् । बिपक्षीदल र ठुला भनिएका मिडिया हाउसहरुको विरोधकाबीचमा आएको बजेटले सर्वसाधरणदेखि लिएर कोराना संक्रमणले थिलथिल भएको हरेक क्षेत्रलाई समेटिएको छ । यो बिषम परिस्थितमा स्वास्थ्य क्षेत्रमा खटिएका स्वास्थ्य कर्मचारीहरुको सम्मानका लागि आवश्यक बजेट देखि लिएर सरकारी कर्मचारीको तलव बृद्धि समेत भएको छ ।

यो पटक स्वास्थ्य र शिक्षा क्षेत्रमा प्रत्यक्ष रुपमा नागरिकको घरदैलोसम्म सुविधा पुग्ने किसिमको बजेट आएको छ । कोरोना खोपका लागि बजेट छुट्टयाईएको छ । बृद्धभत्ता बृद्धि, महिला स्वंसेविकाहरुको यातायात खर्च बृद्धि, बाल शिक्षक तथा कर्मचारीहरुकोविद्यार्थीहरुका लागि ल्यापटप खरिदका लागि १ प्रतिशत ब्याजदरमा, शैक्षिक प्रमाणपत्रको आधारमा कर्जा जस्ता कार्यक्रमहरु लोकप्रीय र जनप्रीय रहेकाछन् ।

५ प्रतिशत ब्याजदरमा शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण पाइने, लघु, घरेलु, साना उद्यम, वैदेशिक रोजगारीमा फर्किएका युवालाई ५ प्रतिशत ब्याजदरमा सहुलियत दिने, निषेधाज्ञामा २० युनिटसम्म विद्युत खपत गर्नेलाई शत प्रतिशत छुट दिने जस्ता कार्यहरुबाट प्रत्यक्ष जनस्तरमा प्रभाव पार्छ । यसैगरी स्टार्टअप व्यवसायलाई परियोजना धितो राखेर १ प्रतिशत ब्याजमा २५ लाखसम्म कर्जा दिने कार्यक्रम पनि नयाँ उद्यम बन्न चाहानेका लागि निक्कै खुसिको बिषय हो ।

अनलाईन पढाईका लागि विद्यार्थीलाई ल्यापटप किन्न ८० हजार कर्जा र सिम कार्ड निःशुल्क दिने, तरकारी, दूध र माछा तथा मासुको ढुवानी गर्दा किसानले २५ प्रतिशत अनुदान पाउने जस्ता कार्यक्रमहरु पनि बजेटमा उल्लेख छ । सरकारले आगामी आर्थिक वर्षको बजेटमा हरेक विद्यालयमा स्वास्थ्यकर्मीको व्यवस्था गरी स्वास्थ्य सचेतना सञ्चालन गरिने पनि उल्लेख छ । हरेक शैक्षिक सत्रको सुरुवातमा विद्यार्थीको स्वास्थ्य परीक्षण गर्ने व्यवस्था पनि छ ।

नेपाल सरकारले सामुदायिक विद्यालयका छात्रालाई नि:शुल्क स्यानिटरी प्याड उपलब्ध गराउने भएको छ। कक्षा १२ सम्मका सम्पूर्ण छात्राले महिनावारी हुँदा विद्यालयमै स्यानिटरी प्याड पाउनेछन्। महिनावारी हुँदा विद्यालय जान नसक्ने बिद्यार्थीहरुका लागि यो खुसिको खबर हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयतर्फ रु।१ खर्ब ८० अर्ब ४ करोड बिनियोजन भएको छ । गत वर्ष शिक्षाका लागि रु१ खर्ब ७१ अर्ब ७१ करोड बजेट छुट्याईएको थियो ।

महिला स्वयंसेविकाको मासिक भत्ता वृद्धि भएको छ। अब महिला स्वयंसेविकाको भत्ता १२ हजार पाउनेछन् । पाल प्रहरी र सशस्त्र प्रहरी बलका कर्मचारीको रासन भत्ता १५ प्रतिशतले बृद्धि भएको छ । यो ५ बर्ष पछि बृद्धि भएको हो । सरकारले खर र फुसका छाना हटाउन प्रतिघर ७५ हजार रुपैयाँ अनुदान दिने भएको छ । यसले गरिब परिवारसम्म बजेट पुग्नेछ । सरकारले यस आर्थिक वर्षका लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपियाँको बजेट प्रस्तुत गरेको हो । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शनिबार प्रबजेट प्रस्तुत गरेकाहुन् ।