२०८३ कार्तिक ५, बिहिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

दुधे / झापाकाे दुधेमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुदाँ अहिले एक जना युवककाे मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक ध्रुव नारायण श्रेष्ठका अनुसार शिवसताक्षी नगरपालिका वडा नम्बर ६ बस्ने ४० वर्षीय जीवनकुमार दर्नालको मृत्यु भएको हो । शिवगञ्ज बाट दुधे तर्फ मे १२ प २३८४ नम्बरको मोटरसाइकलमा आउँदै गरेका दर्नाल बजार सजावटका लागि राखिएका फूल सहितको गमला मा ठोक्किएका थिए ।

स्थानीय प्रत्यक्षदर्शी नवीन बास्कोटाका अनुसार तीनवटा गमला फुटेको छ । उनको उपचारका लागि बिर्तामोड लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।-सताक्षी न्युजबाट