यस्तो छ झापामा अहिलेसम्म कोरोना संक्रमण र निको भएकाहरुको अवस्था
यस्तो छ झापामा अहिलेसम्मको अवस्था

प्रदेश १ मा आज ७८१ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमुणमुक्त हुनेमा ३५८ महिला र ४२३ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म संक्रमणमुक्त हुनेको संख्या ३७ हजार ३४५ पुगेको छ ।
प्रदेश १ मा आज ६६३ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २७२, सुनसरीमा १८५, झापामा १३३, धनकुटामा २५, उदयपुरमा ७, इलाममा ६, ताप्लेजुङमा ३, सोलुखुम्वु, संखुवासभा, भोजपुर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका २८ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
