२०८३ कार्तिक ५, बिहिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

झापा , जेठ १९ । सर्पले डसेर कचनकवल गाउँपालिकामा एकजनाको मृत्यु भएको छ । वडा नं. ४ का करीब ६० वर्षका चमनलाल गणेशको बिषालु सर्पको डसाइबाट हिजो साँझ मृत्यु भएको हो । आफ्नै पोखरीको डिलमा उनलाई सर्पले डसेको थियो ।

अरु केहीले टोकेको भन्दै वास्ता नगरेका गणेशको अबस्था गंभीर बनेपछि उपचारका लागि लैजादै गर्दा बाटैमा मृत्यु भएको गाउँपालिका उपाध्यक्ष निमसरी राजवंशीले जानकारी दिइन् । मृतक गणेश नेपाली कांग्रेस वडा समिति सदस्य हुन् ।