दमकमा नक्कली हजार दरको नोट र लागु औषध सहित एक युवक पक्राउ
दमक/ झापाको दमकमा नक्कली हजारको दरको नोट र लागु औषध सहित एक युवक पक्राउ परेकाछन् । प्रहरीले हिजो ति युवालाई एक होटलबाट पक्राउ गरेको हो । प्रहरीले लागु औषघ किनबेच भएको सूचना पाएपछि ईलाका प्रहरी कार्यालय दमकको टोली त्यहाँ पुगेको थियो ।

प्रहरीले यसबारे सार्वजनिक गरेको विवरण यस्तो छ-
मिति २०७८।०२।१८ गते अं. २३:०० वजेको समयमा जिल्ला झापा दमक न.पा.वडा नं. १ स्थित रहेको राधे होटल एण्ड लजको कोठाभित्र लागु औषध ब्राउन सुगर खरीद गरी विक्री वितरण गर्ने कार्यमा संलग्न पुरुष मानिस रहेको भन्ने विशेष सुचनाको आधारमा ई.प्र.का. दमकबाट खटिएको प्रहरी टोलीले जिल्ला झापा दमक न.पा.वडा नं. ३ बेलडाँगी २ सेक्टर C 2 छाप्रा नं. २४४ बस्ने वर्ष ३२ को पुर्ण वहादुर बानियाँलाई शंकित अवस्थामा फेला पारी रितपुर्वक निजको शरीर खानतलासी गर्दा निजले लगाएको बक्स हाफपेन्टको पछाडी पट्टी गोजीभित्र हेर्दानक्कली जस्तो देखिने एउटै नोट नम्वरहरु भएको एक हजार दरको नेपाली रुपैयाँको नोट थान-८(आठ)र ठुलो,सानो प्लाष्टिकको २ वटा प्याकेटमा रहेको ४७ (सतचालिस) ग्राम ५३० (पाँच सय तिस) मिलिग्राम प्रतिबन्धित लागु औषध ब्राउन सुगर जस्तो देखिने लिसाईलो पदार्थ फेला पारी बरामद गरीनिज पुर्ण वहादुर बानियाँलाई तत्कालै नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीको लागि ई.प्र.का. दमकमा राखिएको साथै निजलाई सम्मानित झापा जिल्ला अदालतबाट म्याद थप गरी थपकानुनी प्रकृया अगाडी बढाईने ।
