दमकमा विहानै एक कोरोना संक्रमितको मृत्यु
दमक/ दमकमा फेरी एक कोरोना संक्रमितको ज्यान गएको छ । आज बिहिबार बिहान दमक ८ की ७० बर्षिया बृद्धाको उपचारको क्रममा ज्यान गएको दमक नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
यो संगै दमकमा कोरोनाको दोश्रो भेरियन्टको संक्रमणबाट मृत्यु हुनेको संख्या २० पुगेको बताईएको छ । सिकिस्त बनेर मात्र अस्ताल आँउदा संक्रमितहरुको ज्यान बचाउन मुश्किल बन्ने गरेको उपचारमा संलग्नहरुको भनाई छ ।
