झापामा जेठ मसान्तसम्म सुधारिएको निषेधाज्ञा
दमक/ झापामा निषेधाज्ञालाई केहि परिमार्जन सहित जेठ मसान्तसम्म लम्बाईएको छ । जिल्ला प्रशासन कार्यालय झापामा आज बसेको जिल्ला स्तरीय कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) को बैठकले जेठ मसान्तसम्मको लागि निषेधाज्ञा लम्बाउने निर्णय गर्दै खाद्यन्न लगायका केहि पसलहरु भने हप्तामा दूई दिन खोल्न दिने निर्णय गरेको छ ।
खाद्यान्न, माछा मासु, तरकारी, फलफूल पसलहरू अब हप्तामा दूई दिन केहि समय खुला रहनेछन्। आइतबार र बुधवार बिहान ६ देखि ९ बजेसम्म यस्ता पसल खुल्न दिने निर्णय भएको हो । पुर्ण रुपमा निषेधाज्ञा हुँदा त खुलेका पसलहरु आंशिक निषेधाज्ञामा झनै खुल्ने देखिएको छ ।
