२०८३ कार्तिक ५, बिहिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

दमक/ जिल्ला प्रशासन कार्यालय झापामा आज बसेको जिल्ला स्तरीय कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) को बैठकले निषेधाज्ञालाई केहि खुकुलो बनाउने निर्णय गरेको छ । जारी निषेधाज्ञालाई जेठ मसान्तसम्म पुर्याउदै हप्तामा दूई दिन अत्यआवश्यकीय पसलहरु केहि समय खुल्न दिने निर्णय गरेको पाईएको हो ।

खाद्यान्न, फलफुल, तरकारी, मासु, तथा दुध डेरी पसल हप्ताको २ (दुई) दिन आईतबार र बुधवार विहान ६ः०० बजे देखि विहान ९ः०० बजे सम्म सचालन गर्न पाईने निर्णयमा उल्लेख रहेको छ । पसल सञ्चालन गर्दा नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्डको अनिवार्य पालना गर्ने÷गराउने, सो को प्रभावकारी अनुगमन सम्बन्धित स्थानीय तह, स्थानीय उद्योग वाणिज्य संघ तथा स्थानीय प्रहरी ईकाईहरुले गर्ने पनि तोकिएको छ ।