२०८३ कार्तिक ५, बिहिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

दमक/ झापाको दमकमा कोरोना संक्रमितभन्दा बढि निको हुने दर रहेको पाईएको छ । दमक नगरपालिकाले सार्वजनिक गरेको विवरण अनुसार दोश्रो भेरियन्टको कोरोना संक्रमणबाट दमकमा २० जनाको ज्यान गएको छ ।

१२४४ जना कुल संक्रमित रहेकोमा ८६२ जना निको भएर फर्केको नगरपालिकाले जनाएको छ । सक्रिय संक्रमितको संख्या ३६२ जना रहेको नगरपालिकाले सार्वजनिक गरेको छ । दमकका बिभिन्न अस्पतालरुमा १०६ जना उपचारत रहेकाछन् ।