दमकमा परिक्षण गरिएका २० प्रतिशतभन्दा बढिमा कोरोना संक्रमण
दमक/ झापाको दमकमा विहिबार कोरोना संक्रमण जाँच गरिएकामध्ये २० प्रतिशतभन्दा बढिमो कोरोना संक्रमण पुष्टि भएको छ । दमक नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार १०१ जनाको स्वाब परिक्षण गरिएकोमा २३ जनामा कोरोना संक्रमण पाईएको हो । पछिल्लो समयमा संक्रमणदर केहि घटेको बताईन्छ । ४० देखि ४५ प्रतिशतसम्म पनि संक्रमण पाईएको थियो ।
नगरपालिकाले कोभिड उपचार केन्द्र बेलडाँगीमा हप्तामा दूई दिन मापदण्डभित्र रहेर कोरोना जाँचका लागि निशुल्क स्वाब संकलन गर्दै आएको छ । कोरोना आंशका गरिएका तथा कोरोना संक्रमितसंग सम्पर्कमा आएकाहरुको परिक्षण गरिने गरेको हो ।
