सरकारी दमक अस्पतालमा ४० घनमिटर प्रतिघण्टा उत्पादन क्षमताको अक्सिजन प्लान्ट
दमक/ झापाको दमकमा अक्सिजन प्लान्ट जडानको प्रक्रिया शुरु भएको छ । प्रतिघण्टा ४० घनमिटर उत्पादन क्षमताको अक्सिजन प्लान्ट निर्माणका लागि प्राविधिक जाँच तथा अवलोकन भएको र चाँडै नै जडान शुरु हुने दमक नगरपालिका उपप्रमुख एवं अस्पताल ब्यवस्थापन समिति अध्यक्ष गीता अधिकारीले बताएकीछन् ।
UNOPS को सहयोगमा प्लान्ट बन्न लागेको हो । दमक अस्पतालको बन्दै गरेको सुविधा सम्पन्न भवनलाई पायक पर्ने गरी प्लान्ट रहने पनि जनाईएको छ । निर्माणकर्ताले नै तीन बर्षसम्म संचालनको जिम्मेवारी समेत लिइने जनार्ईएको छ ।
