२०८३ कार्तिक ५, बिहिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

दमक/ झापा दमक २ स्थित श्री हिमालय माध्यमिक बिद्यालयको नयाँ भवनको शिलन्यास भोली हुने भएको छ । नमुना बिद्यालयको रुपमा छनोट भएको यस बिद्यालयलाई भवन निर्माणका लागि संघीय सरकारबाट ५ करोड विनियोजन भएको थियो । ४ करोड ३६ लाख १९ हजारमा ठेक्का लागिसकेको जनाईएको छ ।

सोमबार विहान ११ बजे प्रधानमन्त्री ओलीले भर्चूअल माध्यमबाट भवनको शिलन्यास गर्ने कार्यक्रम रहेको वडाध्यक्ष प्रजापती सापकोटाले जनाएकाछन् । यसभन्दा अघि दमक बहुमुखि क्याम्पसको भवन ओलीले भर्चुअल माध्यमबाट शिलन्यास गरेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख स्वकीय सचिव एवं नेकपा एमालेका नेता ईन्द्र भण्डारीका अनुसार प्रधानमन्त्रीको सक्रियता र निर्देशन अनुसार यहाँका शैक्षिक संस्थाहरुमा भवनको अभाव नहोस भनेर काम भईरहेको छ ।