२०८३ कार्तिक ५, बिहिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

शिवसताक्षी । झापा शिवसताक्षीमा थप एकजना संक्रमितको मृत्यु भएको छ । शिवसताक्षी वडा नं. ४ निवासी सिटौला थरका ८६ वर्षीय बृद्धको आम्दा अस्पतालमा मृत्यु भएको शिवसताक्षी नगरपालिकाले जनाएको छ ।

गएको १४ गते उनलाई कोरोना पोजेटिभ देखिएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि दमकको आम्दा अस्पतालमा उपचारका क्रममा सोमबार बेलुका मृत्यु भएको शिवसताक्षी नगरपालिकाका फोकल पर्सन रोसन अधिकारीले जानकारी दिए । मृतक दिर्घ रोगी रहेको बताइएको छ ।

हिजो बेलुका एडभान्स अस्पतालमा उर्लाबारीका एक कोरोना संक्रमित बृद्धको मृत्यु भएको थियो । दमकका अस्पतालहरुमा ९ जना संक्रमितहरुको भेन्टिलेटरमा उपचार हुँदै आएको छ ।