झापा क्षेत्र नं. ५ का निवर्तमान सांसद समेत रहेका प्रम ओलीलाई ज्यान मार्ने धम्कि
दमक/ नेकपा एमालेका प्रभावशाली नेता महेश बस्नेतले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई ज्यान मार्ने धम्कि आएकोप्रति कडा प्रतिक्रिया जनाएकाछन् । उनले यसको प्रतिरोध हुने चेतावनी पनि दिएकाछन् ।
नेपाली कांग्रेसका बाग्मती प्रदेशका सांसद नरोत्तम वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्ने बताएपछि यो बिषयले तंरग पैदा गरेको छ । कांग्रेस सांसद वैद्यले ओलीको हत्याका लागि आफू नाथुराम गोड्से बन्न तयार रहेको बताएकाहुन् ।
झापा क्षेत्र नं. ५ का निर्वतमान प्रतिनिधि सभा सदस्य समेत रहेका ओलीलाई यस प्रकारको धम्कि आएको प्रति यस क्षेत्रका जनताले पनि आपत्ती जनाएकाछन् । १९४८ जनवरी ३० मा महात्मा गान्धीको हत्या नाथुराम गोड्सेले गरेका थिए । यसको प्रतिक्रिया दिदै बस्नेतले भनेकाछन्-
माहात्मा गान्धीलाई जस्तै प्रधानमन्त्री के पी शर्मा ओलीलाई मार्ने षडयन्त्र कांग्रेसले बनाएको हो त ? गान्धीका हत्यारा नाथुराम गोडसे बन्न तयात छु भनेर कांग्रेसको नरोत्तम बैद्यले प्रदेश शभामा खुल्लम खुल्ला बोलिरहेका छन। यो मान्छेलाई तुरुन्त पक्राउ गरेर सरकारले कारबाही गर्नु पर्दछ। अन्यथा जनताको आक्रोश प्रकट भएर यस्ता ब्यक्तीलाई सडकमै प्रतितोध गर्न सक्छन। त्यस्तो अप्रीय घटना घटनु भन्दा अगाडी सरकार सचेत हुनु पर्दछ। के पी ओलीलाई मार्ने योजना बनाईरहदा याद गर उहाँको लागि मर्न र मार्न तयार भएका हजारौ समर्थक र शुभचिन्तक आफ्नो ज्यान दिन तयार छन । मदन भण्डारीको रहस्यमय हत्याबाट प्रताडित जनसमुदाय र एमाले कार्यकर्ता आफ्नो नेताको रक्षा गर्न जे गर्न पनि तयार छन।
