२०८३ कार्तिक ५, बिहिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

दमक/ दमक सहिल झापामा कोरोना संक्रमणको दर खास घटन सकेको छैन । निषेधाज्ञा कायम रहेपनि यसको पालना छैन । यस्तो अवस्थामा फेरी निषेधाज्ञा कायम होला की नहोला चासोको बिषय रहेको छ । जिल्ला प्रशासन कार्यालय झापाले गृह मन्त्रालयको निर्देशन अनुसार अब निषेधाज्ञालाई अलि सहज बनाउने र स्वास्थ्य मापदण्ड पालना गराउने तयारी गर्ने जनाईएको छ ।

निषेधाज्ञा त पालना नगर्ने अवस्थामा स्वास्थ्य मापदण्ड कसरी पालना होला ? यसभन्दा अघि पनि देशभर अब लुज डाउनको मोडल प्रयोग गर्ने सार्वजनिक भइसकेको छ । यस्तो अवस्थामा अब दमक नगर सरकारले चाहि के गर्ला त ? त हेर्न बाँकी रहेको छ ।

गृह मन्त्रालयले कोभिड–१९ का कारण प्रभावित भएको मुलुकको आर्थिक गतिविधि चलायमान हुने गरी कार्ययोजनाका साथ अघि बढ्न ७७ वटै जिल्ला प्रशासन कार्यालय र सुरक्षा अधिकारीलाई निर्देशन दिइसकेको छ ।

मन्त्रालयले सरकारले सञ्चालन गरेका विकास आयोजना तोकिएको समयमा सम्पन्न गर्न प्रभावकारी समन्वय, सहजीकरण एवं अनुगमन गरी विकास कार्यमा तीव्रता दिन पनि भनेको छ । यसरी काम गर्दा स्वास्थ्य सुरक्षा मापदण्डलाई भने पूर्ण कार्यान्वयन गर्नुपर्नेमा जोड दिइएको छ ।

परिपत्रमा नेपाल सरकार मन्त्रिपरिषद्को वैशाख ६, १३ र १९ गते कोभिड–१९ प्रति कार्यसँग सम्बन्धी निर्णय एवं मन्त्रालयबाट भएका कोरोनासँग सम्बन्धित निर्णय एवं निर्देशनहरूको प्रभावकारी कार्यान्वयन गर्न पनि अनुरोध गरिएको छ । जिल्लास्थित अस्पताल एवं अक्सिजन प्लान्टमा आवश्यक सुरक्षा व्यवस्था मिलाउन र कोभिड–१९ बाट सङ्क्रमित बिरामीको उपचारमा आवश्यक समन्वय गर्न पनि भनिएको छ ।

दूइदिन अघिको झापाको अवस्था-