२०८३ कार्तिक ५, बिहिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

दमक/ दमक जेसिजको आयोजनामा आजबाट सबै भन्दा राम्रो स्टक ट्रेडिंग कोर्स शुरु भएको छ । नेपाल पुँजिबजार लगानीकर्ता संघ झापाको प्राविधिक सहयोगमा भर्चुअल माध्यमबाट तालिमको आयोजना शुरु गरेको हो । तालिमको पहिलो दिन शनिवार भर्चुअल माध्यमबाट ५ सय जनाले सहभागिता जनाएको जेसिजका अध्यक्ष सुयोग खरेलले बताए ।

शेयर सम्बन्धि बिज्ञ मानिने केशव कोइरालाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रमुख प्रशिक्षक सुवासचन्द्र भट्टराई रहेकाछन् । कार्यक्रमको उद्घाटनमा नेपाल पुँजिबजार लगानीकर्ता संघ झापाका अध्यक्ष कृष्ण कार्कीले यो तालिम संगसैगै थप एडभान्स तालिम पनि ल्याउने जनाए ।

शेयर मार्केटमा जेसिजकर्मी तथा जेसिज सदस्य नभएपनि शेयर बजारमा आउन चाहनेका लागि यो निशुल्क रुपमा तालिम आयोजना गरिएको दमक जेसिजका महासचिव निरज आचार्यले बताएकाछन् । पछिल्लो समयमा शेयर मार्केटप्रति आकर्षण बढ्दो अवस्थामा रहेको छ ।

नेपाल जेसिजकि राष्ट्रिय उपाध्यक्ष रजनी थापाले यो एउटा अनुकरणिय कार्यक्रम भएको र ५ सय जनाको सहभागिता झनै बिरलै हुने बताईन् । ७ दिवसिय तालिम बेलुका साँझ साढे ७ बजेदेखि ९ बजेसम्म हुँदैछ । यसभन्दा अघि पनि दमक जेसिजले शेयर सम्बन्धि तालिमको आयोजना गरेको थियो ।