असार १ गतेदेखि झापामा निषेधाज्ञा केहि खुकुलो
दमक/झापामा निषेधाज्ञालाई केहि खुकुलो बनार्इने भएको छ। जिल्ला प्रशासन कार्यालय झापामा आज बसेको जिल्ला स्तरीय कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र ९डिसीसीएमसी० को बैठकले दैनिक जीवनलाई सहज बनाउनका लागि निषेधाज्ञालाई केहि खुकुलो बनाएको बताईएको छ ।
असार १ गतेदेखि असार ७ गते मध्यराती १२ बजेसम्मको लागि निषेधाज्ञा लम्बाउने निर्णय गर्दै केहि खुकुलो बनाको हो । खाद्यान्न, माछा मासु, तरकारी, फलफूल, हार्डवेयर, पुस्तक पसलहरू अब प्रत्येक दिन बिहान ६ बजेदेखि बिहान १० बजेसम्म खुलाउने निर्णयमा उल्लेख रहेको छ ।
त्यस्तै मल खाद, बिउँ विजन, कुखुराका चल्ला, दाना, पशुपक्षी आहार सम्बन्धी पसल बिहान १० देखि बेलुका ५ बजेसम्म सञ्चालन गर्न पाइने, मोटर वर्कसप बिहान ११ देखि २ बजेसम्म सञ्चालन गर्न पाइने पनि निर्णय भएको छ ।
यस्तो छ निर्णयको केहि बुदा-
औषधि खरिद, उपचार तथा अति आवश्यक कामका लागि बाहेक कुनै पनि व्यक्ति घर बाहिर ननिस्कने ।
खाद्यान्न, फलफुल, तरकारी, माछामासु, दुध डेरी, पुस्तक, हार्डवेयर पसल विहान ६ बजे देखि १० बजे सम्म खोल्न पाईने भएकोले खाद्य पदार्थ लगायत अन्य सामाग्री खरिद गर्न निस्कदा अनिवार्य मास्कको प्रयोग गर्ने, सामाजिक दुरी कायम गर्ने र कुनै पनि भिडभाड नगरी स्वास्थ्य सुरक्षा मापदण्डको अनिवार्य पालना गर्ने । हाट बजार, मेला, जात्रा, महोत्सव, पार्टी, भोज लगायत भिडभाड हुने कार्य नगर्ने नगराउने । Covid-19 को लक्षण देखिएमा वा त्यस्तै प्रकारका कुनै स्वास्थ्य समस्या देखिएमा तुरुन्तै नजिकको स्वास्थ्य संस्था वा स्थानीय तहको Isolation Center मा सम्पर्क राख्ने ।
मलखाद, विउ विजन, कुखुराका चल्ला, दाना, पशुपन्क्षीका आहार सम्वन्धी पसल स्वास्थ्य सुरक्षा मापदण्डको अनिवार्य पालना गरी विहान १० बजे देखी दिउसो ५ बजे सम्म सञ्चालन गर्न पाईने । मोटर वर्कशपहरुले स्वास्थ्य सुरक्षा मापदण्डको अनिवार्य पालना गरी न्युनतम कामदारहरुको उपस्थितिमा विहान ११:०० बजे देखी दिउसो २:०० बजे सम्म सञ्चालन गर्न पाउने ।
