दमकमा भत्किएको पिचमा हिलो,माटो र खोपिल्टामा जमेको पानीमाथि गरिएको पिच तावामा लगाईएको रोटीजस्तै
दमक/ झापाको दमक ९ मा गरिएको कालोपत्रेको गुणस्तर र काम गराईप्रति स्थानीयले आपत्ती जनाउदै आएर अनुगमन गर्न माग गरेकाछन् । ।
दमक ९ को सेतुमारी रोड (शन्ती चौक दक्षिण) ३ किलोमिटर सडक मर्मतसम्हारको क्रममा भत्किएको पिचमा हिलो,माटो र खोपिल्टामा जमेको पानीमाथि गरिएको पिच तावामा लगाईएको रोटीजस्तै भएको जनाईएको छ । स्थानीय कैलाश पौड्यालका अनुसार यो हातले उक्काउँदा सजिलै उकिन्छ।
मलाई त बिकाशको नाममा राज्यको ढुकुटी दोहन गर्नु सिवाइ अरू केही रहेनछ जस्तो लाग्यो, उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकाछन् । उनले भनेकाछन्, यो आरोप होईन, राजनितीक दलका प्रतिनिधि, सामाजिक कार्यकर्ता र जनप्रतिनिधीले स्थलगत निरीक्षण गरेर बिकाशको नाममा जनताको आँखामा छारो हाल्ने काम बन्द गरियोस।

पौड्यालले सामाजिक सञ्जाल फेसबुकमा लेखेकाछन्-
हरेक बस्तुको दुईटा पाटा हुन्छ,सत्य र असत्य ।सत्य, सचाईमा नजानेलाई तितो हुन्छ तर उ काम गरिरहन्छ,जसलाई सच्याईनु पर्छ भन्नेले टिपणी गरिरहन्छ जबसम्म सचिदैन । सन्दर्भ :-दमक९को सेतुमारी रोड (शन्ती चौक दक्षिण ) ३ किलोमिटर सडक मर्मतसम्हारको क्रममा भत्किएको पिचमा हिलो,माटो र खोपिल्टामा जमेको पानिमाथी तीन दिन अगाडी गरिएको पिच तावामा लगाईएको रोटीजस्तै हातले उक्काउँदा सजिलै उकिन्छ। मलाई त बिकाशको नाममा राज्यको ढुकुटी दोहन गर्नु सिबाए अरू केही रहेनछ जस्तो लाग्यो। यो आरोप होईन, राजनितीक दलका प्रतिनिधि,सामाजिक कार्यकर्ता र जनप्रतिनिधीले स्थलगत निरीकक्षण गरि बिकाशको नाममा जनताको आँखामा छारो हाल्ने काम बन्द गरियोस।
#सबै_सरोकारवालाहरुको_ध्यान_जान_जरुरी_छ ।
