२०८३ कार्तिक ५, बिहिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

दमक/ दमक ६ नयाँ शब्जि बजारमा आईतवार साँझ गज्जवको दृश्य देखिन्थ्यो । विहिबार साँझमात्र होइन सधै यहाँ यस्तै रहेको स्थानीयहरु बताईरहेका थिए । दमक नगर प्रहरी साइरन बजाउदै आएको थियो । पसलमा रहेका ब्यापारीहले हतपत सटर ताने । नगर प्रहरीको टोली देखेर पनि नदेख्यै भयो ।

नगरपालिकाको पसल कवलमा ब्यापार ब्यवसाय गर्ने ब्यवसायीहरुले यहाँ विहानदेखि बेलु्कासम्म नै पसल खोल्ने गरेकाछन् । माछामासु पनि सधै विक्री भईरहेको छ । यहाँ कुनै पनि सटरहरुमा विहानदेखि चाबी लागेको हुँदैन । साँझ त खुलमखुल्ला पुर्ण रुपमा सटर खुल्छन् । विहान दिउसो भने आधा सटर खुलेका हुन्छन्, स्थानीयले भने ।

आफ्नै पसल कवलमा त कुनै पनि स्वास्थ्य मापदण्ड पालना नगरी यहाँ नियमित झै पसलहरु खुल्दासम्म नगरपालिकाले निषेधाज्ञाको पालना गराउन सकेको छैन भने नगरको अन्य क्षेत्रको अवस्था के होला ? अर्का स्थानीय भन्दै थिए ।

यहाँका ब्यवसायीहरुले शुरुवातको समय देखि नै निषेधाज्ञालाई अवज्ञा गर्दै आएको बताईन्छ । पहिला लुकिछिपी गर्ने ब्यापारी अहिले खुलमखुल्ला निषेधाज्ञाको अवज्ञा गरिरहदा पनि यहाँ सरोकारवालाहरुको ध्यान नगएको आरोप छ ।