२०८३ कार्तिक ५, बिहिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

विष्णुप्रसाद पोखरेल

दमक/ झापाको दमकमा कोरोना संक्रमणदरमा कुनै कमी नआएको पाईएको छ । पछिल्लो पिसिआर जाँचको नतिजा अनुसार दमकमा कोरोना संक्रमणदर ४० प्रतिशतभन्दा माथि रहेको पाईएको छ । कोभिड उपचार केन्द्र मार्फत सातामा दूई पटक स्वाब संकलन हुदै आएको छ ।

पछिल्लो रिर्पोट अनुसार १०४ जनाको स्वाब सकलन गरेर जाँचका लागि पठाईएकोमा ४५ जनामा कोरोना संक्रमण पाईएको छ । यसभन्दा अघि दमकका चिया मजदुरहरुमा १०० जनाको स्वाब परिक्षणमा २० जनामा कोरोना संक्रमण पाईएको थियो ।

यसैबीच स्वास्थ्य कार्यालय झापाले सार्वजनिक गरेको विवरणमा भने झापाको दमकमा ५ जनामात्र कोरोना संक्रमित भएको उल्लेख छ । ढिला गरी बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानबाट आएको रिर्पोट आजको विवरणमा नसमेटिएकाले यो विवरण आएको बताईन्छ ।

दमकमा निषेधाज्ञा पालनाको अवस्था अत्यन्त कमजोर रहेको छ । निषेधाज्ञा पालना हुन नसक्दा संक्रमणदर घटन नसकेको बताईएको छ । यद्यपी पिसिआरका लागि स्वाब संकलन गरिएकाहरु जोखिममा रहेका तथा शंकाश्पदहरु रहेकाछन् ।

पछिल्लो २४ घण्टामा देशभर २ हजार ७४५ जना व्यक्ति कोरोना संक्रमित थपिएकाछन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गर्दा ७ हजार ४४९ जनाको पिसिआर र ५ हजार ८४१ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत १ हजार ६८१ जना र एन्टीजेटमार्फत १ हजार ६४ जना संक्रमित पुष्टि भएको हो ।

दमक नगरपालिकाले बारम्बार रुपमा निषेधाज्ञाको पालना गर्न र स्वास्थ्य सावधानी अपनाउन नगरबासीलाई आग्रह गर्दै आएको छ । सार्वजनिक सूचना र प्रेस बिज्ञप्ति मार्फत तथा आफ्नो नगरपालिको अफिसियल पेज मार्फत नगरपालिकाले अत्यआवश्यक काम बाहेक घर बाहिर ननिस्कन भनेको छ ।