सचेत बनौ ! एक साताभन्दा बढी समय नेपालमा मनसुनले कडा सक्रियता जनाउने
काठमाडौं, असार २। मनसुनी न्यून चापीय रेखा बङ्गालको खाडीबाट नजिक सर्ने क्रम जारी रहेकाले पनि अझै एक साताभन्दा बढी समय नेपालमा मनसुनले कडा सक्रियता जनाउने सम्भावना रहेको जल तथा विभागले जनाएको छ । विभागका अनुसार पहाडी र हिमाली भेगमा अधिक वर्षा भएकाले ठूला नदीको बहाव निरन्तर बढोत्तरीतर्फ उन्मुख छ ।
मनसुनको सुरुवात नै पूर्व र मध्यक्षेत्रमा भएकाले सबैभन्दा बढी मध्यक्षेत्रको नारायणी नदीमा अत्यधिक बाढी उर्लिएको छ । नारायणी जलाधार क्षेत्रमा वर्षा अझै निरन्तर छ ।
नदीको बाढीले मङ्गलबार बिहानै सतर्कता तह पार गर्दै साँझ खतराको तहको मापन नौ मिटरमाथिको उकालो पार गरिसकेको छ । नारायणगढ र गैँडाकोटको तटीय क्षेत्र डुबानमा परेको छ । नारायणीको बाढीले उग्र रूप लिएपछि त्रिवेणीको गण्डक बाँधको सबै ढोका खोलिएका छन् ।
नारायणीको तटीय क्षेत्र त्रिवेणी, गैँडाकोट, सुस्तालगायतका क्षेत्रका बासिन्दालाई बस्तीबाट अन्य सुरक्षित स्थानमा जान सन्देश पठाइएको छ । त्यस्तै, पाल्पाको रुद्रबेनीको बहाव पनि उच्च रहेकाले तल्लो तटीय क्षेत्रका बासिन्दा जोखिममा परेका छन् । सोमबारदेखि सिङ्गो गण्डकी प्रदेशको आकाशमा कालो बादल मडारिँदै पानी
