दमकमा सेजलको हत्यामा उनकै प्रेमीको संलग्नता ! बलात्कारपछि हत्या भएको किटानी जाहेरी
दमक/ झापाको दकममा अध्ययनरत एक छात्राको बलत्कारपछि हत्या भएको हुनसक्ने बताईएको छ । शौचालयको कम्बोडमा बेहोस भएको अवस्थामा उनका साथीहरुले उद्धार गरेर लैजाने क्रममा मृत्यु भएको बताईदै आएको थियो ।
इलामकी स्थायी बासिन्दा दमकमा अध्ययनरत छात्रा सेजल कोइरालाको बलात्कारपछि हत्या भएको दाबीसहित प्रहरीमा किटानी जाहेरी परेपछि घटनाले नयाँ मोड लिएको छ । यसभन्दा अघि भवितब्य मृत्यु हो की ? भन्ने चर्चा रहेको थियो । सेजलको कोठामा आईरहने ब्याक्तिले नै उनको घाँटी थिचेर हत्या गरेको हुनसक्ने बताईएको छ ।
उक्त घटनामा संलग्न रहेको आरोमा भोजपुर घर भई हाल दमकमा बस्दै आएका अरुण राईलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । सेजलको कोठामा आईरहने अरुण र सेजलबीच प्रेम सम्बन्ध रहेको पनि बताईन्छ ।
दमक ५ स्थित एक घरमा डेरा बसेकी सेजल रेडियोलोजी तेस्रो बर्षमा अध्ययनरत थिइन । प्रहरीले घटनाबारे विस्तृत रुपमा सार्वजनिक गरेको छैन । यद्यपी अनुसन्धानबाट हत्या नै भएको भन्ने देखिएको श्रोतको भनाई छ ।
पक्राउ परेका राईसंग कोइराला रिलेसनसिप रहेको उनका निकटस्थ साथीहरुले बताएकाछन् । लागुऔषध अधिक प्रयोग गराएर हत्या गरिएको हुनसक्ने पनि बताइदै आएको छ । यस बिषयमा प्रहरीले चाँडै नै विस्तृत विवरण सार्वजनिक गर्ने बताईएको छ ।

