२०८३ कार्तिक ५, बिहिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

दमक/ इलाका प्रहरी कार्यालय दमक र नगर प्रहरीले निषेधाज्ञा अवज्ञा गर्ने १० वटा पसलहरुमा ताला लगाई दिएको छ । प्रहरी पुग्दा समेत अटेरी गरेर पसल खोल्नेहरुको पसलमा ताला लगाईएको बताईएको छ ।

दमकमा निषेधाज्ञा पालनाको कमजोर अवस्था रहेको छ । प्रहरी आउदा सटर तान्ने र प्रहरी गाडि गइसक्दा खोल्ने कार्य हुँदै आएको छ । इलाका प्रहरी कार्यलय दमकका अनुसार निषेधाज्ञा पालना गराउनका लागि आफुहरुले बारम्बार अनुरोध गर्दै आएपनि अटेरी गर्ने गरीएको छ ।