सेजल कोइराला मृत्यु प्रकरण-शव परीक्षण प्रतिवेदनमा घाँटीको भित्री भागमा विभिन्न चोटपटक
दमक/ प्रहरीले झापाको दमकमा भएको सेजल कोइरालाको मृत्यु प्रकरणबारे अहिलेसम्मको अनुसन्धानको बिषयमा सार्वजनिक गरेको छ । कोईरालाको प्रेमीलाई पक्राउ गरेर अनुसन्धानका लागि म्याद थप गरेको पनि जनाईएको छ ।
प्रहरीले घटनाबारे सार्वजनिक गरेको विवरण यस्तोछ-
पक्राउ प्रतिवादी :लाल कुमार राईको छोरा जिल्ला झापा दमक न.पा.वडा नं. ६ रातोपुल बस्ने वर्ष २८ को अरुण राई।
मृतक:जिल्ला ईलाम देउमाई न.पा.वडा नं.४ मंगलबारे घर भई हाल जिल्ला झापा दमक न.पा.वडा नं. ५ मा डेरा गरी बस्ने वर्ष १९ की सेजल कोईराला।
घटना सम्बन्धी ईलाका प्रहरी कार्यालय दमकले पठाएको संक्षिप्त विवरण :
मिति २०७८/०२।२६ गते अं. १८:४० वजेको समयमा जिल्ला झापा दमक न.पा. वडा नं. ५ स्थित चन्द्र वहादुर गुरुङको घरको दोश्रो तला भाडामा लिई बस्ने लाईफ लाईन अस्पताल स्वास्थ्य विज्ञान प्रतिष्ठान दमकमा रेडियोग्राफी तेस्रो वर्षमा अध्ययनरत सेजल कोईराला बिरामी भएको भनि अरुण राई र निजका साथीहरुले उपचारको लागि लाईफ लाईन अस्पताल दमक ल्याउँदा उक्त अस्पतालले निज रोजल कोईरालाको मृत्यु भईसकेको भनी मृत घोषणा गरेको घटनाको सम्बन्धमा ऐ गते १९:०० वजे यस कार्यालयमा जानकारी प्राप्त हुनासाथ यस कार्यालयबाट खटी गएको प्रहरी अधिकृत सहितको टोलीले प्रारम्भिक अनुसन्धान गरी लासजाँच मुचुल्का गर्दा मृतकको घाँटीमा, चिउडो मुनी निलडाम देखिएको, थप अनुसन्धान गर्न शव परीक्षणका लागी वी.पी.को.स्वा. विज्ञान प्रतिष्ठान धरान पठाई शव परीक्षण गराउँदा शव परीक्षण प्रतिवेदनमा घाँटीको भित्री भागमा विभिन्न चोटपटकहरु रहेको भन्ने व्यहोराको शव परीक्षण प्रतिवेदन प्राप्त भए पश्चात निज अरुण राईको विरुद्धमा मृतकको बुवा सरोज कोईरालाले मिति २०७८।०३।०१ गते बलात्कार गरी मारेको कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिएको हुँदा उक्त मुद्दामा निज अरुण राईलाई सम्मानित झापा जिल्ला अदालतबाट दिन ७(सात) को म्याद थप गरी थप अनुसन्धान कार्य भईरहेको।