दमकमा थप २ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या २५ पुग्यो
दमक/ झापाको दमकमा थप २ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो संगै दमकमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २५ पुगेको छ । पछिल्लो २४ घण्टामा थप दुई जना संक्रमितको मृत्यु भएको दमक नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
दमक ५ की ७० बर्षिया महिला र दमक ३ का ६२ बर्षिय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो । दोश्रो भेरियन्टको कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २५ पुगेको दमक नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
