झापामा निषेधाज्ञा जारी राख्ने की खोल्ने निर्णय आज
दमक/ झापामा निषेधाज्ञा जारी राख्ने की खोल्ने भन्ने बिषयमा आज निर्णय हुँदैछ । जिल्ला प्रशासन कार्यालय झापा मा बस्ने डिसिएमसिको बैठकले यस बिषयमा निर्णय गर्नेछ । निषेधाज्ञालाई केहि खुकुलो बनाउने निर्णय हुनसक्ने बताईन्छ ।
झापामा सक्रिय संक्रमितको संख्या अहिले पनि उल्लेख्य रुपमा घटेको छैन । अस्पतालहरुमा विरामीको चाप भने घटेको छ । संक्रमित भएर उपचारका लागि अस्पताल भर्ना हुने र अक्सिजन बढि चाहिने विरामीको संख्या भने झापामा कम भएको जनाईएको छ ।
