२०८३ कार्तिक ५, बिहिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

काठमाडौं, असार ६ । पानी पर्ने क्रम केही दिन देखि रोकिएको भए पनि आजबाट देशका बिभिन्न स्थानमा ठूलो वर्षा हुने सम्भावना रहेको छ ।

मौसमपूर्वानुमान महाशाखाका अनुसार आज र भोलि देशका विभिन्न भागमा ठूलो पानी पर्ने छ ।

मौसमपूर्वानुमान महाशाखाकी मौसमविद्ध मञ्जु बासीका अनुसार प्रदेश नं १ ,२, बागमती र लुम्बिनी प्रदेशको पूर्वी भागमा ठूलो पानी पर्ने सम्भावना छ । ठूलो बर्षाको संभावना रहेकोले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।