झापामा फेरी असार १४ गते मध्य रातीसम्म थपियो निषेधाज्ञा
दमक/ झापामा फेरी निषेधाज्ञा थप भएको छ । केहि खुकुलो गर्दै निषेधाज्ञा थप भएको हो । डीसीसीएमसीको आजको बैठकले निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । जिल्लामा कोरोना संक्रमणदर अझै पनि अपेक्षाकृत रुपमा कमी आउन नसकेकाले निषेधाज्ञालाई जारी राख्ने निर्णय भएको बताईन्छ ।
जिल्लाको संक्रमण अवस्थालाई हेरेर बैठकले निर्णय लिएको र यसको पालना गर्न झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले बताए । झापामा निषेधाज्ञा पालना गर्ने गराउने कार्य कमजोर रहेको बताईँन्छ ।

