२०८३ कार्तिक ५, बिहिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

दमक/ झापामा निषेधाज्ञालाई केहि खुकुलो पार्दै खुल्ने ब्यवसायहरुको दायरा बढाईएको छ । जिल्ला प्रशासन कार्यालय झापाले गरेको निर्णय यस्तो छ-

पसल तथा व्यवसाय सञ्चालन सम्बन्धमा

औषधी र स्वास्थ्य सामाग्री, ईन्धन (पेट्रोल र डिजल स्टेसन, एलपी ग्याँस ) बाहेक अन्य पसल तथा व्यवसाय पुर्ण रुपमा बन्द गर्ने तर खाद्यान्न, फलफुल, तरकारी, माछामासु, दुध डेरी, पुस्तक, हार्डवेयर तथा निर्माणजन्य सामाग्री, ईलेक्ट्रोनिक, टेलरिङ्ग, ड्राईक्लिनर्स, लत्ताकपडा, जुत्ता चप्पल, सुनचाँदी, कस्मेटीक, भाँडा, गाडी मोटरसाईकल शोरुम, प्लास्टिक तथा मेसीनरी पसल विहान ६ बजे देखी मध्यान्न १२ बजे सम्म सञ्चालन गर्न पाईने । माथि उल्लेखित पसलहरु सञ्चालन गर्दा नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्डको अनिवार्य पालना गर्नेरगराउने, सो को प्रभावकारी अनुगमन सम्बन्धित स्थानीय तह, स्थानीय उद्योग वाणिज्य संघ तथा स्थानीय प्रहरी ईकाईहरुले गर्ने ।

होटल तथा रेष्टुरेन्टहरुले टेक अवे सेवा मात्र सञ्चालन गर्न पाउने ।