२०७८ साउन १९, मङ्लबार
  • प्रभावकारी न्यूज सम्बाददाता १ महिना अगाडि

दमक/ रोटरी क्लव अफ दमकले आफ्नो उदेश्य अनुरुप हेप्पी स्कूल शिर्षकमा दमक ४ स्थित अडियामलमा रहेको बिद्योदय आधारभूत विद्यालयमा विद्यार्थीका लागि स्वच्छ खानेपानीको ब्यवस्थापनका लागि सहयोग गरेको छ । उक्त खानेपानीको मंगलवार दमक नगरपालिका उपप्रमुख गीता अधिकारीले उद्घाटन गरेकीछन् । उक्त खानेपानी परियोजना विद्यालयलाई हस्ताण्तरण पनि भएको छ ।

रोटरी क्लव अफ दमकले प्रत्येक बर्ष यस प्रकारका सामुदायिक विद्यालयलाई खानेपानीमा सहयोग गर्दै आएको छ । यसभन्दा अघि पनि ६ वटा बिद्यालयमा खानेपानीको लागि आवश्यक सहयोग गरेको सो अवसरमा रोटरी क्लव अफ दमकका पुर्व अध्यक्ष एवं खानेपानी परियोजनाका संयोजक सन्दिप चापागाईले बताए ।

रोटरी क्लव अफ दमककी अध्यक्ष शान्ता नेपाल ढकालले यस विद्यालयका बिद्यार्थीहरुलाई खानेपानीको समस्या रहेको बुझेपछि आफुहरुले यो परियोजना शुरु गरेको जनाईन् । उनले विद्यालयमा पढ्ने वालबालिकाहरुलाई यसले सहयोग पुग्ने विश्वास लिएको बताईन् ।

विद्यालयकी प्रधानध्यापक जयान्ता पौडेलले यसभन्दा अघि पनि रोटरी क्लव अफ दमकले बिद्यालयका बिद्यार्थीहरुलाई ब्याग उपलब्ध गराएको, कोरोनाबारे सचेतना सहित आवश्यक माक्स एवं ह्याण्ड सेनिटाइजर उपलब्ध गराएको स्मरण गर्दै आगामि दिनमा पनि सहयोग जारी रहनेमा विश्वास रहेकी जनाईन् । कार्यक्रम क्लवका सचिव शान्तिराम निरौलाले सञ्चालन गरेका थिए ।

सबै विद्यालयमा शौचालय र खानेपानी

यसैबीच दमक नगरपालिका उपप्रमुख गीता अधिकारीले उक्त कार्यक्रममा बोल्दै दमकका सामुदायिक बिद्यालयहरुमा शौचालय र खानेपानीको अभाव हुन नदिने अवस्था सिर्जना गर्न आफुहरु लागि परेको बताईन् । उनले यसका लागि आफुहरुले चार बर्षदेखि नै निरन्तर प्रयास गरिरहेको र यो सफलतातर्फ उन्मूख भएको पनि जानकारी दिईन् । सामाजिक संघसंस्थाले यस प्रकारकाले सहयोग गरेको प्रति अधिकारीले आभार प्रकट गरिन ।