२०८३ कार्तिक ५, बिहिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

विराटनगर । प्रदेश १ सरकारले स्थापना गरेको प्रादेशिक पत्रकारिता पुरस्कार झापाका दुईसहित चार जना अग्रज पत्रकारलाई प्रदान गरिएको छ ।राष्ट्रिय पत्रकारिता दिवस २०७८ काे अवसरमा झापाका गोविन्दचन्द क्षेत्री, गञ्जबहादुर दाहाल, मोरङकी पत्रकार ललिता भट्टराई र उदयपुरका कौशल चेम्जोङलाई प्रादेशिक पत्रकारिता पुरस्कार प्रदान गरिएको हो ।

दमकका गञ्जबहादुर दाहाल दमकमा रहेर लामो समयदेखि पत्रकारिता गर्दै आएकाछन् । उनि यहाँका सबैभन्दा पुराना पत्रकार पनि हुन् । दाहाल अहिले पनि दमकबाट प्रकाशित पुर्व सन्देश दैनिक र जनज्योती साप्ताहिकका सम्पादक हुन् ।

शुक्रबार आन्तरिक मामिला तथा कानून मन्त्रालयमा आयोजित सम्मान कार्यक्रममा मुख्यमन्त्री शेरधन राई र आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले चारै जना अग्रज पत्रकारलाई जनही एक लाखको पुरस्कार प्रदान गरेका हुन् ।

प्रदेश सरकारले २०७४/०७५ देखि प्रत्येक वर्ष दुई जनाको दरले अग्रज पत्रकारलाई पुरस्कृत गर्ने निर्णय गरेको थियो । तर, गत वर्ष र यो वर्षको एकमुष्ट गरी चार जनालाई पुरस्कार प्रदान गरिएको हो ।