२०७८ साउन १९, मङ्लबार
  • प्रभावकारी न्यूज सम्बाददाता १ महिना अगाडि

दमक/ लायन्स क्लव अफ दमक गोल्डको अध्यक्षको जिम्मेवारीमा दमकका सफल युवा ब्यवसायी श्याम तिम्सिनाले लिएकाछन् । दमकमा छोटो समयमा उत्कृष्ठ कार्य गर्ने क्लवहरु मध्येको दमक गोल्डको शनिवार पद हस्ताण्तरण भएको हो ।

क्लवका निवर्तमान अध्यक्ष रिङकुमार आचार्यले तिम्सिनालाई पद हस्ताण्तरण गरेकाहुन् । सो अवसरमा क्लवलाई चलयमान बनाउन योगदान दिने संस्थापक अध्यक्ष काशि खाती सहितलाई सम्मान पनि प्रदान भएको थियो ।

लायन्स क्लव अफ ईन्टरनेश्नल ३२५ ए वानका निर्वाचित डिस्ट्रिक गर्वनर रेवतबहादुर कार्कीले भर्चुअल सम्बोधनबाट उद्घाटन गरेको पद हस्ताण्तरणमा लायन्स लिडरहरु ज्ञाननाथ पौड्याल, दिवस राई लगायतको उपस्थिति रहेको थियो ।

तिम्सिनाको प्रतिबद्धता

नव निर्वाचित अध्यक्ष तिम्सिनाले आफुले आफुहरुका अग्रजहरुको सल्लाह र क्लवका सदस्यहरुसंग छलफल गरेर सेवाको क्षेत्रमा कार्य अघि बढाउने बताए । उनले आफुलाई यो जिम्मेवारी दिनेहरु प्रति आभार प्रकट पनि गरेकाछन् ।