झापामा निषेधाज्ञा हटला ? यस्तो छ तयारी
दमक/ झापामा थप एकसाता निषेधाज्ञा जारी रहने बताईएको छ । यसको निर्णय भने सोमबार विहान हुनेछ । निषेधाज्ञालाई थप केहि खुकुलो बनाउदै लैजाने तयारी रहेको छ, जिल्ला स्तरिय कोभिड १९ संकट ब्यवस्थापन केन्द्र (डिसीसीएमसी) का एक सदस्यले भने ।
झापामा अहिले पनि कोरोना संक्रमण अपेक्षाकृत रुपमा घट्न नसकेको अवस्था रहेको छ । बिशेष गरेर देशभर नै निषेधाज्ञा कायम रहेको अवस्थामा झापामा मात्र खोल्ने अवस्था पनि नरहने जनाईएको छ ।
राजधानीको निर्णय अनुसार नै झापाले निर्णय गर्दै आएको छ । आज राजधानी काठमण्डौमा पनि निषेधाज्ञाबारे निर्णय हुन सकेको छैन । झापामा भोली पुर्व निर्धारीत निषेधाज्ञा सकिदैछ । निषेधाज्ञा लगाईएको भनिएपनि पछिल्लो समयमा निषेधाज्ञाको अवज्ञा हुने क्रम पनि बढेको छ ।
