२०७८ साउन १९, मङ्लबार
  • प्रभावकारी न्यूज सम्बाददाता १ महिना अगाडि

दमक/ झापाको दमकमा सामाजिक क्षेत्रमा कृयाशिल रहेको लायन्स क्लव अफ दमक स्वीट सिटीको अध्यक्षको जिम्मेवारी के.बि. श्रेष्ठ (कबिन)ले पाएकाछन् । एक बर्ष अर्थात एक कार्यकालका लागि उनले नेतृत्व पाएकाहुन् ।

दमकका सफल युवा ब्यवसायीको रुपमा परिचित बन्दै गएका उनले सामाजिक क्षेत्रमा पनि आफ्नो भूमिकालाई स्थापित गर्न खोजेकाहुन् । यसभन्दा अघि उनले क्लवका बिभिन्न जिम्मेवारी सम्हाल्दै आएका थिए ।

लायन्स क्लव अफ स्वीटसिटीको माध्यमबाट यस क्षेत्रमा दिनदुखिलाई सहयोग गर्ने, सामाजिक क्षेत्रमा कृयाशिल रहने र लायन्सलाई दमकमा थप दर्बिलो बनाउदै जाने आफ्नो उदेश्य रहेको श्रेष्ठले बताएकाछन् । उनले आफुलाई यो जिम्मेवारी प्रदान गर्ने क्लवका सदस्य तथा पुर्व अध्यक्षहरुप्रति आभार पनि प्रकट गरेकाछन् ।