२०८३ कार्तिक ५, बिहिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

दमक/ झापामा निषेधाज्ञा थप खुकुलो भएको छ । जिल्ला प्रशासन कार्यालय झापामा आज बसेको जिल्ला कोभिड व्यवस्थापन समिति को बैठकले निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरेको हो । अब सरकारी कार्यालयहरु पनि खुल्नेछन् ।

सरकारी, सार्वजनिक संस्थान, बीमा लगायतका कार्यालयहरुले स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालमा गरी गराई भिडभाड नगरिकन आलोपालो प्रणाली अवलम्बन गरी सेवा प्रवाह गर्ने निर्णयमा उल्लेख छ । सरकारी, सार्वजनिक संस्थान, बैंक तथा बिमा लगायतका कार्यालयका कर्मचारीहरुले कर्मचारी परिचयपत्रका आधारमा सरकारी तथा निजी सवारी साधनमा आवतजावत गर्न पाउने पनि निर्णयमा उल्लेख छ ।

पसल तथा व्यवसाय संचालन सम्बन्धमा

औषधी र स्वास्थ्य सामाग्री, ईन्धन (पेट्रोल/डिजल स्टेसन, LPGus) बाहेक अन्य पसल तथा व्यवसाय पुर्ण रुपमा बन्द गर्ने तर खाद्यान्न, फलफुल, तरकारी, माछामासु, दूध डेरी, पस्तक,  निर्माणजन्य सामाग्री, ईलेक्ट्रोनिक, टेलरिङ . ड्राईक्लिनर्स, लत्ताकपडा, जुत्ता चप्पल, सुनचाँदी, कस्मेटीक, भाँडा. गाडी/मोटरसाईकल शोरुम, प्लास्टिक तथा मेसीनरी, फर्निचर पसल विहान ६ बजे देखी दिउसो ३ बजे सम्म संचालन गर्न पाईने, निर्णयमा उल्लेख छ ।