२०८३ कार्तिक ५, बिहिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

दमक/ झापाको दमकमा आज विहान एक सुत्केरी महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । उनि ईलामको चुलाचुलीकी महिला रहेकीछन् । १२ दिन अघि लाईफलाइन अस्पतालमा भर्ना भएकी उनको आज मंगलवार विहान मृत्यु भएको बताईएको छ ।

२५ दिनकी सुत्केरी महिलाको निधन भएको जनाईएको छ । बच्चाको अवस्था भने राम्रो रहेको र बच्चा घरमा नै रहेको पनि जनाईएको छ । दमक कै ओम मेची हस्पिटलमा उनले बच्चा जन्माएकी थिईन । एकसातापछि स्वास्थ्यमा समस्या आएपछि जाँच गर्दा उनमा पोजेटिभ देखिएको थियो ।