लायन्स क्लव अफ दमक लखनपुरको नेतृत्वमा राजु खड्का, एक्टिभमा कल्पना र लियोमा दिपना
दमक/लायन्स क्लब अफ दमक लखनपुरको नेतृत्व राजु खड्काले पाएकाछन् । ब्यवसायीका नेता एवं सामाजिक अगुवा खड्कालले क्लवको नेतृत्वको जिम्मेवारी लिएकाहुन् । यसभन्दा अघि हेमसिंह अधिकारी अध्यक्ष रहेका थिए । उनले पद हस्ताण्तरण गरेकाहुन् ।
यसैगरी महिलाहरुमात्र सदस्य रहेको लायन्स क्लब दमक एक्टिभको अध्यक्षको जिम्मेवारी दमककी ब्यवसायी कल्पना पोखरेल सापकोटाले सम्हाल्न थालेकीछन् । विन्दा खनालले उनलाई नेतृत्व हस्ताण्तरण गरेकीहुन् ।
यसैगरी लियो क्वल अफ दमक लखनपुरको अध्यक्षको जिम्मेवारी दिपना भट्टराईले लिएकीछन् । क्लवले लियोलाई पनि आफुसंगै सक्रिय बनाउदै आएको छ ।
लायन्स क्लव अफ दमकका निवर्तमान अध्यक्ष अधिकारी जोन चियर पर्सन बनेकाछन् । पुर्वका लायन्स क्लवहरुको कार्यकारी लिडरमा ज्ञाननाथ पौड्याल सोहि क्लवका रहेकाछन् । पौड्याल ईम्प्याक्ट एरिया चिफ हुन् ।
