दमकमा घोषणामा मात्र सिमित निषेधाज्ञा ! फिटिक्कै कार्यन्वयन छैन
औषधी र स्वास्थ्य सामाग्री, ईन्धनपेट्रोल/डिजल स्टेसन, एल.पि.जी ग्यासबाहेक व्यवसाय पुर्ण रुपमा बन्द गर्ने तर खाद्यान्न, फलफुल, तरकारी, माछामासु, दुध डेरी, पुस्तक, हार्डवेयर तथा निर्माणजन्य सामाग्री, इलेक्ट्रोनिक्स, टेलरिङ्ग, ड्राईक्लिनस्, लत्ताकपडा,जुत्ताचप्पल, सुनचाँदी, कस्मेटिक्स, भाँडा पसल, गाडी/मोटरसाईकल सोरुम,प्लाष्टिक तथा मेसिनरी पसल विहान ६:०० बजे देखि दिउँसो३:०० बजे सम्म खुल्ला रहने । सामाग्री खरीद गर्न निस्कदा अनिवार्य मास्कको प्रयोग गर्ने, सामाजिक दुरी कायम गर्ने र कुनै भिडभाड नगरी स्वास्थ्य सुरक्षा मापदण्डको अनिवार्य पालना गर्ने
दमक/ माथि उल्लेख भएको बुदा नगरपालिकाले जारी गरेको निषेधाज्ञामा उल्लेख रहेको छ । यो पालना नभएमा कार्वाही गरिने पनि भनिएको छ । कोरोना संक्रमण रोकथामका लागि जारी निषेधाज्ञा भने पटक्कै पालना भएको छैन ।
दमकमा निषेधाज्ञा फिटिक्कै लागु भएको छैन । झापामा अपरान्ह ३ बजेपछि निषेधाज्ञा लगाईएको भनिए पनि यो कार्यन्वयन भने भएको छैन । दमक नगरपालिकाले पनि यहि निषेधाज्ञालाई आधार बनाएर निषेधाज्ञा जारी गरेको छ । तर जुन सुकै समय बजार तथा पसल ब्यवसाय निर्वाध रुपमा चल्न थालेकाछन् । सवारी साधनमा जोर बिजोर प्रणाली भनिएपनि यो समेत लागु भएको छैन ।
सवारी साधन सञ्चालन सम्बन्धमामा पनि नगरपालिकाले जिल्ला प्रशासन कार्यालय झापाको निर्णय अनुसार नै निर्णय सार्वजनिक गरेको छ तर कार्यन्वयन फिटिक्कै छैन । नाम मात्रको निषेधाज्ञा जस्तै भएको छ । निषेधाज्ञा आदेश यस्तो छ-
सवारी साधन सञ्चालन सम्बन्धमाः
- अत्यावश्यक सेवा बाहेका सबै प्रकारका नीजि सवारी साधन, सिटिसफारी/अटोरिक्सा स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गरी मिति २०७८ असार १४ गते राती १२:०० वजे देखि २०७८ असार २१ गते राती १२:०० वजे सम्म जोरविजोर प्रणालीमा (जोर गते जोर नम्बर विजोर गते विजोर नम्बरको सवारी साधन) दमक नगरपालिका भरी संचालन गर्ने पाउने ।
