मालपोत कार्यालयमा बार अनुसार आलोपालो सेवा प्रवाह
दमक/ मालपोत कार्यालय दमकले आलोपालो प्रणालीबाट सेवा दिन शुरु गरेको छ । कोरोना संक्रमणदर बढेपछि मालपोत तथा नापी कार्यालय बन्द रहेको थियो । सरकारी कार्यालय खुलाउने निर्णय भएपछि मालपोत कार्यलयले आलोपालोबाट कार्यालयमा सेवा प्रवाह गर्ने भएको हो ।

