२०८३ कार्तिक ५, बिहिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

दमक/ नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंक कम्युनिकेशन्सको ग्राहक संख्या पाँच लाख पुगेको अवसरमा खुशियाली मनाएको छ । नेपालमा २५ वर्षदेखि इन्टरनेट सेवा उपलब्ध गराउँदै आएको वर्ल्डलिंकले आफुलाई देशमा नै ईन्टरनेटको क्षेत्रमा आफुलाई अब्बल रुपमा राखेको छ ।

बिहीवारदेखि वर्ल्डलिंक इन्टरनेट ५ लाख घरधुरीमा पुगेको र यो अवसरमा दमकमा पनि खुशियाली मनाईएको वर्ल्डलिंक दमकका प्रमुख राजन तिम्सिनाले बताए । आफुहरुले दिइरहेको सेवालाई अझ विश्वसनीय र भरपर्दो बनाउँदै थप ग्राहकमाझ जोडिदै जाने पनि उनले जनाए ।

नेपालमा इन्टरनेट प्रयोग गर्ने हरेक तीन जनामध्ये एक जना प्रयोगकर्ताले वर्ल्डलिंकको इन्टरनेट प्रयोग गर्ने गरेको बतार्ईएको छ । वर्ल्डलिंक नेपालको तेस्रो ठूलो दूरसञ्चार कम्पनी हो । वर्ल्डलिङ्कले देशका दश हजार ठाउँमा पब्लिक वाई–फाई विस्तार गरेको छ । दमकमा पनि धेरै ठाँउमा यो सुविधा रहेको तिम्सिनाले जनाए ।