२०७८ साउन १९, मङ्लबार
  • प्रभावकारी न्यूज सम्बाददाता १ महिना अगाडि

दमक/ लायन्स क्लव अफ झापा दमकले गौरादह ४ मा रहेको कञ्जनजङ्घा आधारभूत विद्यालयमा खेलकुद सामाग्रि, स्कूल ब्याग, सेनेटरी प्याड लगायतका सामाग्रिहरु उपलब्ध गराएको छ । साथै विद्यालयको विषयमा छलफल एवं अन्तरक्रिया भएको छ ।

केहि बर्ष अघि नाजुक अवस्थामा रहेको विद्यालयलाई स्थानीयको प्रयासमा अहिले सुधार गरिदै विद्यार्थीहरुको आकर्षण बढिरहेको सो अवसरमा विद्यालयका प्रधानध्यापक तीर्थबहादुर भुजेलले लायन्सकर्मीहरुलाई जानकारी गराउदै यस प्रकारको सहयोग आफुहरुका लागि ठुलो हौसला भएको बताएका थिए ।

लायन्स क्लव अफ ईन्टरनेशन ३२५ ए वानका गर्भनर एड अजयकुमार अग्रवाल, ईम्प्याक्ट एरिया चिफ ज्ञानु पौड्याल, जोन चियर पर्सन रेगिना भट्टराई लगायतका लायन्स लिडरहरुको उपस्थितिमा कार्यक्रम भएको थियो ।

लायन्स क्लव अफ झापाका अध्यक्ष अशोक चौधरीको सभापतित्वमा भएको कार्यक्रम भएको थियो । क्लवका प्रथम उपाध्यक्ष एवं पञ्चमुखि ट्रेडर्षका राम थपलियाले आवश्यक सामाग्रिहरु जुटाउन सहयोग पुर्याएको प्रति क्लव अध्यक्ष चौधरीले आभार पनि प्रकट गरे ।