२०८३ कार्तिक ५, बिहिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

झापा, असार २१ । कोरोनाको दोस्रो लहरले संक्रमितको संख्या बढेसँगै बन्द रहेको सार्वजनिक यातायात सञ्चालनमा आउने भएको छ । इलाम, झापा, मोरङ र सुनसरी ४ जिल्लामा सार्वजनिक यातायात जोरविजोर प्रणाली अन्तरगत सञ्चालनमा ल्याइने जिल्ला कोभिड व्यवस्थापन समितिले झापाको बैठकले निर्णय गरेको छ ।

चारै जिल्लाका प्रमुख जिल्ला अधिकारीको छलफल पश्चात उक्त निर्णय गरिएको बताइएको छ । सोमबार (आज) बसेको डीसीसीएमसीको बैठकले निषेधाज्ञा खुकुलो बनाएपनि पुर्ण रुपमा भने खुल्ला गरेको छैन । बैठकले आगामी असार २८ गतेसम्मका लागि निषेधाज्ञा जारी राखेको छ । बैठकले अत्यावश्यकसेवाहरु बाहेकका सबै प्रकारका नीजि सवारी साधन, सिटीसफारी, अटोरिक्सा जोरविजोर प्रणाली अन्तरगत सञ्चालन गर्न पाउने निर्णय गरेको छ ।

झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाको अध्यक्षतामा बसेको उक्त बैठकले बसेकले जिल्लामा सञ्चालित होटल तथा रेष्टुरेन्टसमेत सञ्चालनमा ल्याउने निर्णय गरेको बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीले बताए । वाणिज्य संघको पहलमा होटल तथा रेष्टुरेन्ट सञ्चालनमा ल्याइएको हो । बैठकले साँझ ५ बजेसम्म होटल तथा रेष्टुरेन्ट सञ्चालनको निर्णय डीसीसीएमसी झापाको बैठकले गरेको छ ।

डीसीसीएमसीको अघिल्ला बैठकहरुले खाद्यन्न, फलफूल, तरकारी, माछामासु, दुधडेरी, पुस्तक र हार्डवेयर पसस, निर्माणजन्य सामग्री, इलोक्ट्रोनिक्स, टेलरिङ्ग, लत्ताकपडा, जुत्ताचप्पल, सुनचाँदी, कस्मेटिक, भाँडा, गाडी, मोटरगाडी शोरुम, प्लास्टिक तथा मेशिनरी पसल साँझ ५ बजेसम्म खोल्न पाउने निर्णय गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले बताए । यस अघि यि पसलहरुलाई बिहान ६ बजेदेखि ३ बजेसम्म खोल्न पाउने अनुमति दिएको थियो । पसल सञ्चालन गर्दा भौतिक दूरी कायम गर्न पसल सञ्चालकहरुलाई आग्रह गरेको छ ।-बजारदैनिकबाट साभार