२०७८ कार्तिक ९, मङ्लबार
  • प्रभावकारी न्यूज सम्बाददाता ४ महिना अगाडि

दमक/ लायन्स क्लव अफ दमक सेविकाको पद हस्ताण्तरण भएको छ । निवर्तमान अध्यक्ष बिमला केसीले ज्ञानु बुढाथोकीलाई पद हस्ताण्तरण गरेकी हुन् । लायन्समा अध्यक्षको कार्यकाल एक बर्ष अवधिको हुने गरेको छ ।

पद हस्ताण्तरण कार्यक्रममा लायन्स लिडरहरु कोमल शाक्य, अजय अग्रवाल, बबरजंग थापा, पवन अधिकारी,ज्ञानु पौड्याल, दिवस राई, रेगिना भट्टराई लगायतले शुभकामना दिदै सेविकाले लायन्सको क्षेत्रमा राम्रो काम गरेको भन्दै प्रंशशा गरेका थिए । आम्दा अस्पतालका मेसु डा.प्रकाश शर्मा लगायतले पनि शुभकामना दिएका थिए ।