२०८३ कार्तिक ५, बिहिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

दमक/ झापाको बुद्धशान्ति–४, जोगीडाँडामा दुर्घटना भएको छ । मेचीराजमार्गमा साँझ ७ बजे पिकअप र मोटरसाइकल ठोक्किइ दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यू भएको जनाईएको छ । मृत्यूहुनेमा इलाम गोलाखर्कका नारायण कार्की भएको प्रहरीले जानकारी दिएको छ ।

इलामबाट सब्जी बोकेर झापा तर्फ आँउदै गरेको ना ३ च ४०३३ नम्बरको पिकअप र झापाबाट इलाम तर्फ जाँदै गरको मे ९ प ९२०२ नम्बरको मोटरसाइकल दुर्घटना भइको हो। मोटरसाइलक चालकको पछाडी बस्ने मनिष श्रेष्ठ भने गम्भीर घाइते रहेको र बिएण्डसि अस्पतालमा उपचार भइरहेको पनि प्रहरीको भनाई छ ।