२०८३ कार्तिक ४, बुधबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

झापा । झापा जिल्लाको दमक नगरपालिका ८ बाट तास खेलिरहेका ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  मंगलबार साँझ ७ बजे दमकस्थित थिरराज खतिवडाको घरमा तास खेलिरहेका ११ जनालाई ७ लाख ४५ हजार ५ सय नगदसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी राकेश थापाले जानकारी दिए ।  पक्राउ परेका ११ जनालाई प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।