दमकमा एक कोरोना संक्रमितको ज्यान गयो
दमक/ दमकमा बुधबार एकजना कोरोना संक्रमितको ज्यान गएको छ । दमकस्थित आम्दा अस्पतालमा उपचारत एक जनाको ज्यान गएको हो । दमक ९ का ५३ बर्षिय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
झापामा निषेधाज्ञा खुकुलो पारेसँगै कोरोना संक्रमण र मृत्यु दर बढ्न थालेको छ । बुधबार झापामा एकैदिन चारजना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या झापामा ३६८ पुगेको छ ।
